images
images
  • केन्द्रको निर्णय प्रदेशले लत्याएपछि राप्रपामा विवाद, मुख्यमन्त्रीको समर्थन अस्वीकार

    हेटौंडा– बागमती प्रदेश सरकार गठनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा केन्द्र र प्रदेश संसदीय दलबीच विवाद देखिएको छ ।

    प्रदेश संसदीय दलले नेकपा (एमाले)का किरण थापालाई मुख्यमन्त्री बनाउन समर्थन गरेपछि पार्टी केन्द्रले त्यसलाई अस्वीकार गरेको हो ।

    केन्द्रले यसअघि कुनै पनि प्रदेश सरकारको सत्ता समीकरणमा नसहभागी हुने निर्णय गरे पनि बागमतीका १२ सांसदले भने एमाले–नेकपा गठबन्धनलाई समर्थन जनाएका थिए ।

    सो समर्थनपछि नै थापाले मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् ।

    तर, राप्रपा केन्द्रले प्रदेश प्रमुखलाई पत्र पठाई सो समर्थनलाई मान्यता नदिन आग्रह गरेको छ ।

    पार्टी महामन्त्री राजेन्द्र गुरुङले हस्ताक्षर गरेको पत्रमा केन्द्रीय निर्णयविपरीत भएको कार्य औपचारिक नभएको स्पष्ट पारिएको छ ।

    प्रदेश संसदीय दलका नेता उद्धव थापाले भने केन्द्रबाट ठोस निर्देशन नआएको र प्रदेशको राजनीतिक अवस्था हेरी आफूहरूले निर्णय गरेको बताएका छन् ।

    उनले सरकारमा सहभागी हुँदा पार्टी र देशको हित हुने विश्लेषण गरिएको पनि दाबी गरे ।

    यस घटनाले राप्रपामा केन्द्र–प्रदेश अधिकारको विवादलाई उतारेको छ भने अब प्रदेश प्रमुखले यो विषयमा कस्तो धारणा राख्छन् भन्नेले नयाँ सरकार गठनको मार्ग तय गर्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images