काठमाडौं– बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राप्रपाले समर्थन जनाएको छ ।
राप्रपाका १२ सांसदको समर्थनपछि एमालेका किरण थापामगरले मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् ।
थापा एमाले अध्यक्ष केपी शर्मा ओलीका घरभेटी हुन् ।
उनलाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ गरी जम्मा ६३ सांसदको समर्थन रहेको छ ।
यसअघि सरकारमा नजाने बताउँदै आएको राप्रपाले भने अध्यक्ष राजेन्द्र लिङ्देनलाई निर्णय गर्ने जिम्मा दिएको थियो ।
उनले राप्रपा कुनै पनि प्रादेशिक सत्तामा नजाने निर्णय गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























