images
images
  • बागमती सत्ता राजावादीको काँधमा, कम्युनिष्टहरूको भविष्य धरापमा

    हेटौंडा– बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले तयारी तीव्र बनाएका छन् ।

    दाबी पेस गर्नुअघि उनीहरूले निर्णायक बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।

    प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ (२) अनुसार भदौ ४ गते अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिएका छन् ।

    एमाले र नेकपाबीच भएको छलफलमा सरकार गठनको दाबी पेस गर्ने तथा अन्य दलको समर्थन जुटाउने विषयमा कुराकानी भएको छ ।

    एमालेले राप्रपासँग छलफल भइरहेको जनाएको छ भने नेकपाले पनि राप्रपाको समर्थन जुटाउन पहल गर्न एमालेलाई आग्रह गरेको छ ।

    राप्रपा बागमतीमा १२ सिटसहित निर्णायक अवस्थामा छ ।

    पार्टीभित्र भने सत्ता केन्द्रित गतिविधिमा संलग्न नहुन निर्देशन दिइएको छ ।

    एमाले–नेकपा गठबन्धनमा बागमती सरकारको नेतृत्व एमालेले गर्ने सहमति भइसकेको छ ।

    एमालेले किरण थापा मगरलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ ।

    १०४ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ ।

    कांग्रेसको ३६, नेकपाको २६, एमालेको २५, राप्रपाको १२, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images