images
images
  • पानी पार्ने बादल सक्रिय भएसँगै ५ प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

    काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
    हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
    हाल देशभर साधारणतया बादल लागेको छ ।
    कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    महाशाखाका अनुसार आज दिउँसो पनि साधारणतया बादल लाग्नेछ ।
    हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
    पहाडी भूभागका धेरै स्थान, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेस प्रदेश साथै कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
    कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
    कोशी प्रदेशको तराई  र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।
    त्यसैगरी आज राति देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ ।
    कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा साधारणतया बादल तथा बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।
    देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
    पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
    कोशी र लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थान, मधेस तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images