काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रीसहित पार्टीका प्रतिनिधिसभा सांसदहरूको बैठक बोलाएका छन् ।
सांसदहरूको संसद् तथा समितिमा प्रयोग भएको भाषा र गतिविधिबारे प्रश्न उठेपछि लामिछानेले बैठक बोलाएका हुन् ।
बैठकमा सांसदहरूलाई आवश्यक निर्देशन दिने तयारी छ ।
सरकारमै सहभागी रास्वपाका सांसदहरूले सरकारको आलोचना गर्न थालेपछि मन्त्रीहरूलाई समेत बोलाएर यसबारे छलफल गर्न लागिएको स्रोतले जनाएको छ ।
संसद्मा केहीदिन यता सत्तारूढ रास्वपा सांसदहरू नै प्रधानमन्त्री बालेन, मन्त्रीविरुद्ध खनिन थालेका छन् ।
उनीहरूले सभामुखसमेतलाई पत्याउन छाडेका छन् ।
प्रतिक्रिया दिनुहोस्























