images
images
  • इरानी सम्झौता अमेरिकाले कार्यान्वयन नगरे होर्मुज नखोल्ने इरानको चेतावनी

    तेहरान– इरानका संसद् सभामुख तथा अमेरिकासँगका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले अमेरिकाले अन्तरिम समझदारीपत्रमा गरेका प्रतिबद्धता पूरा नगरेसम्म स्ट्रेट अफ होर्मुज नखोलिने चेतावनी दिएका छन् ।

    उनका अनुसार अमेरिकाले नौसैनिक नाकाबन्दी हटाउने, विदेशमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्ने, तेलमाथिको प्रतिबन्ध हटाउने तथा धम्की र सैन्य कारबाही अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ ।

    यी सर्त कार्यान्वयन भएपछि मात्र होर्मुज जलमार्ग खोलिने गालिबाफले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images