काठमाडौं– इरानको रिभोल्युसनरी गार्ड्सका उप–राजनीतिक कमान्डर यदुल्लाह जवानीले ‘इस्लामाबाद सम्झौता’अन्तर्गत अमेरिकाले आफ्नो दायित्व पूरा नगरेसम्म होर्मुज स्ट्रेट नखोलिने बताएका छन् ।
बीबीसी फारसीका अनुसार जवानीले युद्धपछि यो जलमार्गको अवस्था पहिलेको जस्तो नहुने दाबी गरेका छन् ।
उनले इरान र ओमानबीचको जलमार्गबारे भइरहेको छलफल युद्धपछिको अवस्थासँग सम्बन्धित रहेको बताए ।
यसैबीच, हालैका आक्रमण र अमेरिका–इरान वार्ता रोकिएपछि होर्मुज स्ट्रेट हुँदै हुने समुद्री आवागमनमा ठूलो गिरावट आएको छ ।
‘केप्लर’का अनुसार गत शनिबार पाँचवटा मात्र मालवाहक जहाज उक्त मार्गबाट गुज्रिएका थिए भने आइतबार कुनै जहाज गएको रेकर्ड छैन ।
अघिल्लो साताको सोही दुई दिनमा भने ३१ जहाज आवतजावत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















