images
images
  • मनसुनमा लुगा धुने र सुकाउने झन्झट हटाउँदै एलजीको वासर एन्ड ड्रायर नेपाली बजारमा

    काठमाडौं– मनसुनका समयमा लामो समयसम्म पानी पर्ने र हावामा आर्द्रता बढी हुने भएकाले लुगा धुने तथा सुकाउने समस्या हुने अवस्थालाई लक्षित गर्दै एलजीले एआई डिडी २.० वासर एन्ड ड्रायर नेपाली बजारमा ल्याएको छ ।

    कम्पनीका अनुसार एउटै उपकरणमा लुगा धुने र सुकाउने सुविधा भएकाले घाम नलाग्ने, लुगा सुकाउन पर्याप्त ठाउँ नहुने तथा लामो समयसम्म ओसिलो रहने जस्ता समस्या कम गर्न यसले सहयोग गर्नेछ । एलजी एआई डिडी २.० वासर एन्ड ड्रायर २०र१० केजी, १५/८ केजी, ११/७ केजी र ८/६ केजी क्षमतामा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

    कपडाको प्रकृतिअनुसार धुलाई

    यस उपकरणमा लुगाको तौल र कपडाको प्रकार पहिचान गरी सोहीअनुसार धुलाई प्रक्रिया मिलाउने एआई डिडी २।० प्रविधि समावेश गरिएको छ । यसले कपडाको प्रकृतिअनुसार उपयुक्त धुलाई र हेरचाह गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ ।

    त्यस्तै, ६ मोसन डाइरेक्ट ड्राइभ तथा एआई वास प्रविधिले लुगा र कपडाको विशेषता पहिचान गरी धुलाई चक्रलाई अनुकूल बनाउने जनाइएको छ । ६ मोसन डाइरेक्ट ड्राइभ प्रविधिले हातले लुगा धुँदा हुने विभिन्न गतिविधिबाट प्रेरित ड्रमको चाल प्रयोग गर्ने भएकाले प्रभावकारी सफाइसँगै कपडाको हेरचाहमा सहयोग पुग्ने कम्पनीले जनाएको छ । टर्बोवास ३६० डिग्री प्रविधिले ३९ मिनेटमै धुलाई पूरा गर्न सहयोग गर्ने तथा कम पानी र ऊर्जाको प्रयोगमा प्रभावकारी धुलाई गर्न सकिने कम्पनीको दाबी छ ।

    बाफ प्रविधिबाट गन्ध र एलर्जीकारक तत्त्व घटाउने

    एलजी एआई डिडी २।० वासर एन्ड ड्रायरमा बाफमा आधारित एलर्जी केयर तथा रिफ्रेस सुविधा पनि रहेको छ । कम्पनीका अनुसार परीक्षण गरिएको अवस्थामा यसले ९९।९ प्रतिशतसम्म सामान्य एलर्जीकारक तत्त्व घटाउन, गन्ध कम गर्न तथा कपडालाई पुनः ताजा बनाउन सहयोग गर्छ ।

    त्यस्तै, सजिलो डिटर्जेन्ट वितरण सुविधाले लुगा र धुलाईको मात्राअनुसार आवश्यक डिटर्जेन्ट तथा सफ्टनरको मात्रा स्वतः वितरण गर्ने जनाइएको छ । यसबाट डिटर्जेन्टको अनावश्यक प्रयोग घटाउन सहयोग पुग्ने कम्पनीको भनाइ छ ।

    मोबाइलबाटै निगरानी र नियन्त्रण

    एलजी थिनक्यू प्रविधिमार्फत स्मार्टफोनबाटै वासर एन्ड ड्रायरको निगरानी तथा नियन्त्रण गर्न सकिने सुविधा पनि यसमा रहेको छ । मनसुनमा बाहिर लुगा सुकाउन कठिन हुने अवस्थामा एउटै उपकरणबाट धुने र सुकाउने सुविधा उपलब्ध भएकाले दैनिक लुगा धुने कामलाई सहज बनाउन सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

    एलजी एआई डिडी २.० वासर एन्ड ड्रायर नेपालभर एलजीको आधिकारिक खुद्रा सञ्जालमा उपलब्ध रहेको छ । यो सिजी डिजिटल, एलजी ब्रान्डसप तथा आधिकारिक एलजी विक्रेतामार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकका लागि शून्य प्रतिशत मासिक किस्ताबन्दी सुविधा समेत उपलब्ध रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images