images
images
  • प्रहरीले मानव अधिकार आयोगको टोलीलाई चोलेन्द्रसँग भेट्न नदिएपछि मूल गेटबाटै फर्कियो

    काठमाडौं-पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रहरीले अपराध अनुसन्धान कार्यालयको मूलगेटमै रोकेको छ। करिब एक घण्टा गेटमा कुरे पनि भेट्न नपाएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली जबरालाई नभेटी फर्किएको हो।

    आयोगको टोली चोलेन्द्रलाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको तर्फबाट अपराध अनुसन्धान कार्यालय पुगेको थियो। तर प्रहरीले कार्यालयभित्र प्रवेश गरी जबरासँग भेट गर्न नदिएपछि टोली मूलगेटमै रोकिएको थियो।

    गएराति प्रहरीले महाराजगञ्जस्थित निवासबाट जबरालाई पक्राउ गरी अपराध अनुसन्धान कार्यालयमा ल्याएको थियो। उनलाई कार्यालयमा एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखिएको बताइएको छ।

    प्रहरीले जबरालाई ‘सुरक्षा थ्रेट’ रहेकाले रातारात कार्यालयमा ल्याएर राख्नुपरेको जनाएको छ। तर मानव अधिकार आयोगको टोलीलाई समेत भेट्न नदिइएको घटनाप्रति कानुनका जानकारहरूले प्रहरीको कार्यशैली र प्रक्रियामाथि प्रश्न उठाएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images