काठमाडौं– भारतीय सेनाका प्रमुख धिरज सेठ आइतबार नेपाल आइपुगेका छन् ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा चार दिने नेपाल भ्रमणका लागि उनी काठमाडौं आएका हुन् ।
नेपाल भ्रमणका क्रममा सेठले उच्चस्तरीय भेटघाट गर्नुका साथै विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ । भेटघाटका क्रममा सेठले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मनार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने छन् ।
त्यस्तै उनले रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री बालेन्द्र साहसँग पनि भेटवार्ता गर्ने तयारी छ ।
नेपाल र भारतका सेनाका प्रमुखहरू सन् १९५० देखि एकअर्को मुलुकका मानार्थ सेना प्रमुख रहने प्रचलन रहेको छ ।
नेपालका वर्तमान प्रधानसेनापति अशोकराज सिग्देलले २०२४ को डिसेम्बरमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबाट मनार्थ महारथीको दज्र्यानी चिह्न प्राप्त गरेका थिए ।
भारत सरकारले ३१औं सेना प्रमुखखको रूपमा सेठलाई ३० जुन २०२६ मा नियुक्त गरेको थियो ।























