images
images
  • गाउँको सुरक्षाका लागि थारु समुदायले आज गुरिया पर्व मनाउँदै

    काठमाडौं– थारु समुदायले आज गुरिया (गुरही) पर्व मनाउँदैछन् ।

    थारु समुदायमा गुरिया वा गुरही पर्व साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथि अर्थात् नागपञ्चमीकै दिन हर्षोल्लासका साथ मनाइन्छ ।

    विशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरजस्ता पश्चिम नेपालका थारु बाहुल्य क्षेत्रमा यसलाई गाउँको सुरक्षा, रोगव्याधी नलागोस् भन्ने कामना र दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमको प्रतीकका रूपमा मनाइन्छ ।

    गुरही पर्व मुख्य रूपमा बालबालिकासँग जोडिएको पर्व हो । यसले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र सद्भावलाई उजागर गर्छ । पर्वका अवसरमा दिदीबहिनीले गुरिया फाल्ने र दाजुभाइले त्यसलाई लट्ठीले पिट्ने परम्परा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images