images
images
  • इजरायल निर्वाचन : नेतान्याहुले हार्ने पक्का, प्रतिस्पर्धी पूर्वसेनाप्रमुख ४ सिटले अगाडि

    काठमाडौं– इजरायलमा आगामी २७ अक्टोबरमा हुने आमनिर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई पूर्वसेनाप्रमुख गादी आइजेनकोटको चुनौती बढेको छ ।

    ‘जमान इजरायल’को नयाँ सर्वेक्षणमा आइजेनकोट नेतृत्वको यशार पार्टीले २५ सिट जित्ने अनुमान गरिएको छ भने नेतन्याहुको लिकुडले २१ सिट पाउने प्रक्षेपण छ ।

    यससँगै यशार लिकुडभन्दा चार सिटले अगाडि देखिएको छ ।

    तर १२० सदस्यीय नेसेटमा सरकार बनाउन ६१ सिट आवश्यक पर्ने भएकाले कुनै पनि पक्ष स्पष्ट बहुमतको अवस्थामा छैन ।

    नेतन्याहुविरोधी ‘चेन्ज ब्लक’ले ५८ र नेतन्याहु समर्थक दलहरूले ५० सिट पाउने अनुमान छ ।

    आइजेनकोटको राजनीतिक प्रभाव बढेसँगै उनको सुरक्षालाई लिएर पनि चिन्ता बढेको छ ।

    इजरायली आन्तरिक सुरक्षा एजेन्सी ‘शिन बेट’ले उनलाई सशस्त्र सुरक्षा उपलब्ध गराउने विषयमा विचार गरिरहेको बताइएको छ ।

    पूर्वसेनाप्रमुख आइजेनकोटले चार दशकभन्दा बढी इजरायली सेनामा सेवा गरेका थिए ।

    सन् २०१५ मा सेनाको २१औँ प्रमुख बनेका उनी सन् २०१९ मा अवकाशपछि राजनीतिमा प्रवेश गरेका हुन् ।

    सन् २०२२ मा नेसनल युनिटी पार्टीमार्फत संसद् प्रवेश गरेका उनले सन् २०२५ मा आफ्नै ‘यशार’ पार्टी गठन गरेका थिए ।

    नयाँ सर्वेक्षणमा उनको पार्टी अग्रस्थानमा देखिएसँगै आगामी चुनावमा नेतन्याहुको राजनीतिक भविष्य र सरकार गठनको समीकरण थप रोचक बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images