images
images
  • साइबर व्युरो पुगे कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटी

    काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्युरो पुगेका छन् ।

    व्युरोले शिवाकोटीलाई आइतबार बिहान साढे ११ बजे फोन गरेर दिउँसो १२ बजे उपस्थित हुन भनेको थियो । शिवाकोटी दिउँसो १ बजेतिर ब्युरो पुगेका छन् ।

    शिवाकोटीले आफूसँगै कानुन व्यवसायीलाई पनि ब्युरोमा लैजान खोजेपनि प्रहरीले उनीहरूलाई प्रवेश गर्न रोक लगाएको छ ।

    शिवाकोटीले कानुन व्यवसायीको साथमा ब्युरो प्रवेश गर्न चाहेका थिए । प्रहरीले कानुन व्यवसायीलाई ब्युरोभित्र प्रवेश गर्न अनुमति नदिएपछि आफूहरू बाहिरै रोकिएका उनले जानकारी दिए ।

    चाडपर्वको बिदाका बेला ब्युरोले बोलाएको भन्दै शिवाकोटीले सामाजिक सञ्जालमार्फत असन्तुष्टिसमेत पोखेका छन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘चाडपर्वको बिदाको बेलामा समेत प्रहरीको ताकेता आएपछि एक घण्टापछि साइबर ब्युरोमा पुग्दैछु । आजका सबै भेटघाट सम्भव भएसम्म साइबर ब्युरोमै गर्दैछु ।’

    पत्रकार रोशन खड्काले सामाजिक सञ्जालमा आफूले लेखेको विषयलाई लिएर उजुरी दिएको र त्यसैका आधारमा ब्युरोले बोलाएको जानकारी पाएको शिवाकोटीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images