images
images
  • सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

    काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ ।  आज बिहान करिब १० बजे पहिरो खसेपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको हो । पहिरोका कारण सडकमा सवारीसाधन रोकिएका छन् ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ । थप पहिरो नखसेमा छिट्टै सडक दुईतर्फी सञ्चालनमा ल्याउन सकिने उनले बताए ।

    थप पहिरो खस्ने जोखिम रहेकाले पहिरो पन्छाउने र सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images