images
images
  • बाढी–पहिरोले विभिन्न राजमार्ग अवरुद्ध (पूर्ण विवरणसहित)

    काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकमा यातायात प्रभावित भएको छ ।

    बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म आवागमन रोकिएको छ । त्यस्तै, कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको छ ।

    इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक, रुकुम पश्चिमको भेरी करिडोर, सङ्खुवासभाको कोशी राजमार्ग, लमजुङको बेँसीसहर–मनाङ, मुस्ताङको बेनी–जोमसोम, रोल्पाको भालुवाङ–लिवाङ तथा चितवनको पृथ्वीराजमार्गका विभिन्न खण्ड पहिरो तथा सडक भासिएपछि अवरुद्ध भएका छन् ।

    निरन्तर वर्षाका कारण पहिरो खस्ने, बाढीले सडक कटान गर्ने तथा सडक भासिने क्रम जारी रहेकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

    हेर्नुहोस् पूरा विवरण–

    775036986 1587877202882218 3391640191080945036 n 775425556 1020506257647108 2143870429565026287 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images