images
images
  • २४ घण्टामा थप ३ हजार १०६ जना कोरोना संक्रमित, २३ जनाको मृत्यु

    काठमाडौं- पछिल्लो २४ घण्टामा ३१०६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५ सय १९ जनामा गरिएको परीक्षणपछि ३१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार चौबिस घण्टाभित्र निको हुनेको संख्या १९१६ रहेको छ भने २३ जनाको मृत्यु भएको छ । योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ५७ पुगेको छ ।

    मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ९५ हजार ३ सय ८९ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६१ ह्जार ३ सय ५० जनामा संक्रमण पुष्टि भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images