images
images
  • सुदूरपश्चिम सत्ताको चाबी नेकपाको हातमा, कांग्रेसीको बहिर्गमन

    काठमाडौं– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुने भएका छन् ।

    प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ उपधारा २ अनुसार बिहान ११ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।

    सत्ता साझेदार नेकपा (एमाले)को समर्थनमा भट्टले बहुमत जुटाएपछि आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

    भट्टले आजै एमालेसँगको सल्लाहमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी रहेको बताएका छन् ।

    गत साउन ९ गते एमाले र नेकपाबीच भएको तीनबुँदे सहमतिअनुसार सुदूरपश्चिम नेकपाको भागमा परेको हो ।

    प्रदेश सभामा नेकपाको २२ र एमालेको ११ सिट रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images