images
images
  • शेरबहादुर देउवा आज स्वदेश फर्किंदै, विमानस्थलदेखि चुनदेवीसम्मै स्वागतको तयारी

    काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किंदैछन् ।

    पारिवारिक स्वास्थ्योपचारका लागि लामो समयदेखि सिंगापुर र थाइल्याण्डमा रहँदै आएका पूर्वप्रधानमन्त्री समेत रहेका देउव आज स्वदेश फर्किन लागेका हुन् । उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चुनदेवी नजिकैको निवाससम्म स्वागतको तयारी गरिएको नेपाली कांग्रेसका नेताहरूले बताएका छन् ।

    आज बिहीबार दिउँसो १२:२५ बजे बैंककबाट थाइ एअरवेजको उडान नम्बर टीजी ३१९ मा काठमाडौं आइपुग्न लागेका उनलाई कांग्रेसइतर समूहले भव्य स्वागत गर्ने तयारी गरेका छन् । कांग्रेसको संस्थापन इतर समूहका राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा अन्य नेता तथा कार्यकर्ताले विमानस्थलमा स्वागत गरेर चुनदेवी निवाससम्म पुर्याउने बताइएको छ ।

    गत भदौ २४ गतेको विध्वंशमा बूढानीलकण्ठस्थित निवास लुटपाट, आगजनी र कुटपिट गरिएका उनीहरू भाडाको निवासमा बस्दै आएका छन् । गत फागुनमा उपचारका लागि भन्दै सिंगापुर गएका देउवा दम्पति गत चैत्रमा हङकङ पुगेका थिए ।

    काँग्रेस विभाजन उन्मुख भइरहेका बेला देउवाको स्वदेश फिर्तीले थप चर्चा पाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images