images
images
  • दिवंगत बुबालाई सम्झिँदै मेस्सीको भावुक सन्देश, रोनाल्डोले के भने ?

    काठमाडौं– अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीले आफ्नो बुबालाई सम्झिँदै भावुक सन्देश सार्वजनिक गरेका छन् ।

    उनले अन्तिम पटक विश्वकप खेल्न आफूलाई आग्रह गरिरहने बुबाको स्वास्थ्य विश्वकप सुरू हुन केही दिनअघि गम्भीर बनेको स्मरण गरेका छन् ।

    ‘हामी च्याम्पियन बन्न सकेनौँ बुबा, तर हामीले हरेक खेलमा कति आनन्द लियौँ, तपाईंले कल्पना पनि गर्न सक्नुहुन्न । फेरि एकपटक तपाईं सही हुनुहुन्थ्यो, म त्यहाँ हुनुपथ्र्यो र खेल्नुपथ्र्यो । तपाईंले सधैँ भन्नु भएझैँ,’ आफ्ना बुबालाई सम्बोधन गर्दै मेस्सीले भनेका छन् ।

    मेसीका बुबाको ६८ बर्षको उमेरमा यहि साउन २३ गते निधन भएको थियो । मेस्सीका अनुसार प्रतियोगितामा पहिलोपटक उनका बुबा उनीसँगै उपस्थित हुन नसक्ने अवस्था बनेको थियो । तर, आमाले बुबाको स्वास्थ्यमा सुधार आउने र यात्रा गर्न सक्ने अवस्था हुने बताउँदै उनलाई ढाडस दिइरहेकी थिइन् ।

    पोर्चुगलका रोनाल्डोले के भने ?

    यसैबीच पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले मेस्सीलाई एक भावुक सन्देश पठाएका छन् । मेस्सीका बुबाको निधनका कारण कठिन समयबाट गुज्रिरहेका अर्जेन्टिनाका स्टार लियोनल मेस्सीलाई उक्त सन्देशले केही सान्त्वना मिलेको अनुमान गर्न सकिन्छ ।

    रोनाल्डोले मेस्सीलाई सम्बोधन गर्दै भनेका छन्, ‘यस कठिन क्षणमा तिमी र तिम्रा प्रियजनहरूलाई न्यानो माया । लियो, बलियो रहनू ।’ रोनाल्डोको यो सन्देश मेस्सीप्रति उनको आत्मीयता र समर्थनका रूपमा आएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images