images
images
  • पत्रकार किशोर श्रेष्ठ पक्राउ

    काठमाडौं– जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले श्रेष्ठलाई ललितपुरको बागडोलबाट पक्राउ गरेको हो ।

    उनीविरूद्ध परेको साइबर अपराधसम्बन्धी जाहेरीबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    साउन २५ मा जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो ।

    समाचारमा नाम जोडिएकी युवतीले प्रहरीमा जाहेरी दिएको र सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images