images
images
  • लुम्बिनी सत्ताका लागि ३ कट्टर दुस्मनबीच २ बुँदे सहमति

    काठमाडौं– लुम्बिनी प्रदेशको हालको सरकारलाई निरन्तरता दिन एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहबीच २ बुँदे सहमति भएको छ ।

    एमालेका चेतनारायण आचार्य नेतृत्वको सरकारलाई बहुमत पुर्याउन मसालका १ सांसदको समर्थन आवश्यक थियो ।

    ८३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४२ सांसद चाहिन्छ ।

    एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद रहेकाले अर्को १ सांसदको साथ अनिवार्य भएको हो ।

    मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वास मत लिने तयारी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images