काठमाडौं– गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण, २०८३ अनुसार दरबन्दी पुनःमिलान गरेको छ ।
नयाँ व्यवस्थाअनुसार सहसचिवको दरबन्दी ७५ बाट घटाएर ६६ कायम गरिएको छ भने तल्लो तहका १२९ पद थपिएका छन् ।
मन्त्रालयको कुल दरबन्दी ४ हजार ४८२ बाट बढाएर ४ हजार ६११ पुर्याइएको छ ।
थप हुनेमा ६ उपसचिव, ५३ शाखा अधिकृत, ५१ नायब सुब्बा, ३ खरिदार, ८ स्वास्थ्य सेवाका कर्मचारी र १७ श्रेणीविहीन पद रहेका छन् ।
मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले प्रतिवेदन स्वीकृत भइसकेको जानकारी दिए ।
साउन २५ गते भएको निर्णय कार्यान्वयनको चरणमा रहेको मन्त्रालयको प्रशासन महाशाखाले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 
















