काठमाडौं– एमाले र नेकपाबीच प्रदेश सरकार गठनबारे भइरहेको छलफलमा गण्डकी, मधेश र बागमतीमा सरकार बनाउन कठिन देखिएको छ ।
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यी प्रदेशमा सरकार बनाउन अत्यधिक जोड नदिनुपर्ने प्रस्ताव एमाले अध्यक्ष केपी ओलीलाई राखेको स्रोतले जनाएको छ ।
गण्डकी र मधेशमा एमाले–नेकपाको समीकरणबाट सरकार बन्ने अवस्था छैन भने बागमतीमा बहुमतका लागि थप दुई सिट आवश्यक छ ।
हाम्रो नेपाली पार्टी कांग्रेसतर्फ झुकेपछि राप्रपाको समर्थन निर्णायक बन्न सक्छ ।
तर राप्रपाको केन्द्रीय नीति सरकारमा सहभागी नहुने भएकाले बागमतीमा पनि नयाँ सरकार बन्ने सम्भावना कमजोर देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्























