images
images
  • इरानतर्फ गइरहेको जहाजमाथि अमेरिकी हेलिकप्टरबाट मिसाइल आक्रमण

    काठमाडौं– अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले ओमानको खाडी हुँदै इरानी बन्दरगाहतर्फ गइरहेको पानामा झण्डा भएको एक जहाजलाई रोकेको दाबी गरेको छ ।

    सेन्टकमका अनुसार जहाजले बारम्बार गरिएको चेतावनी अटेरी गरेपछि अमेरिकी नौसेनाको एमएच–६० हेलिकप्टरबाट इन्जिन कक्षमा दुई हेलफायर मिसाइल प्रहार गरिएको थियो ।

    उक्त कारबाहीपछि जहाजको स्टेयरिङ प्रणाली निष्क्रिय बनेको र अब इरानतर्फ अघि बढ्न नसक्ने सेन्टकमले जनाएको छ ।

    अमेरिकाले यो जहाज अमेरिकी नौसेना नाकाबन्दी तोड्ने उद्देश्यले इरानी बन्दरगाहतर्फ जाँदै गरेको आरोप लगाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images