images
images
  • एमाले–नेकपा सत्ता सहकार्य : केन्द्रमा सहमति, प्रदेशमा अलपत्र

    काठमाडौं– प्रदेश सरकारमा सत्ता साझेदारीबारे ९ साउनमा भएको एमाले–नेकपाबीचको ३ बुँदे सहमति तीन सातासम्म कार्यान्वयन नभएपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार ५ बुँदे विशेष निर्देशन जारी गरेका छन् ।

    निर्देशनमा प्रदेश सरकार गठन गर्दा दुवै दलको सिट संख्यालाई मुख्य आधार मान्ने, मन्त्रालय अनुपातमा बाँड्ने र मुख्यमन्त्री तथा सभामुखजस्ता पदलाई पनि शक्ति सन्तुलनमा गणना गर्ने उल्लेख छ ।

    मन्त्रालय बाँडफाँड पालैपालो प्राथमिकताका आधारमा गरिने व्यवस्था गरिएको छ ।

    दुई दलको मात्रै संख्या नपुग्ने प्रदेशमा तेस्रो दललाई सहभागी गराउन सकिने र त्यसका लागि आपसी समझदारीमा मन्त्रालय बाँडफाँड गर्ने सहमति गरिएको छ ।

    साथै संघीयता, स्थिरता, सुशासन र विकासलाई प्राथमिकतामा राखी न्यूनतम साझा प्रतिबद्धता सार्वजनिक गर्न पनि निर्देशन दिइएको छ ।

    यसअघि भएको सहमतिअनुसार नेकपाले सुदूरपश्चिम र कर्णाली तथा एमालेले कोशी, बागमती र लुम्बिनीको नेतृत्व गर्ने समझदारी थियो ।

    तर कोशीका मुख्यमन्त्री हिक्मत कार्कीको असहमतिको कारण सहमति कार्यान्वयनमा अवरोध आएको नेताहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images