images
images
  • नेपाली डायस्पोरालाई आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

    काठमाडौं–परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदारका रूपमा परिचालन गर्ने सरकारको नीति रहेको बताएको छ ।

    संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा रहनुभएका मन्त्री खनालले अमेरिकामा रहेका गैरआवासीय नेपाली (एनआरएन) तथा विभिन्न नेपाली डायस्पोरा संस्थाले आयोजना गरेको कार्यक्रममा सरकारका नीति तथा प्राथमिकताबारे जानकारी दिएको हो ।

    मन्त्री खनालको निजी सचिवालयका अनुसार उहाँले नेपाली डायस्पोरामा रहेको ज्ञान, सीप, पुँजी, प्रविधि तथा सम्पर्क सञ्जाललाई नेपालको आर्थिक विकास र रूपान्तरणमा उपयोग गर्ने सरकारको नीतिबारे जानकारी दिए ।

    उनले मातृभूमिको आर्थिक विकासमा विदेशमा रहेका नेपालीको ज्ञान, अनुभव, लगानी र प्रविधिलाई जोड्ने वातावरण निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएको थियो ।

    कार्यक्रममा सहभागी नेपाली डायस्पोरा प्रतिनिधिसँग सरकारका नीति तथा प्राथमिकता र उनीहरूको सहभागिताका विषयमा समेत छलफल भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images