काठमाडौं – भक्तपुर–बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका–४ र ५ भएर बग्ने घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन तत्काल २ करोड रुपैयाँ निकासा गर्ने बताएको छ ।
मुख्यमन्त्री थापामगरले आज बाढीको जोखिम रहेका क्षेत्रको स्थलगत निरीक्षणपछि तटबन्ध निर्माणका लागि प्रदेश विपद् कोषबाट उक्त रकम निकासा गर्ने बताएको हो ।
उनले प्रभावित क्षेत्रको संरक्षण तथा बाढीको जोखिम न्यूनीकरणका लागि तत्काल काम अघि बढाइने जानकारी दिए ।
“प्रभावित क्षेत्रको संरक्षणका लागि विपद् कोषबाट २ करोड रुपैयाँ निकासा गर्नेछौँ,” मुख्यमन्त्री थापामगरले भने ।
घट्टे खोलामा आएको बाढीका कारण आसपासका बस्तीमा जोखिम बढेपछि तटबन्ध तथा अन्य आवश्यक संरचना निर्माणको माग हुँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















