काठमाडौं – प्रतिकूल मौसमका कारण देशका विभिन्न विमानस्थलमा हवाई उडान प्रभावित भएको छ।
पर्याप्त भिजिबिलिटी नहुँदा चितवनको भरतपुर र संखुवासभाको तुम्लिङटार विमानस्थलबाट उडान सञ्चालन हुन सकेको छैन। विमानस्थल कार्यालयका अनुसार दुवै विमानस्थलमा मौसम प्रतिकूल रहेकाले उडान प्रभावित भएको हो ।
यता पोखरा विमानस्थलको भिजिबिलिटी भने क्रमशः सुधार हुँदै गएको छ। पर्याप्त भिजिबिलिटी भए उडान सञ्चालन गर्ने तयारी रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
खराब मौसमका कारण आजका लागि निर्धारित माउन्टेन फ्लाइटसमेत सञ्चालन हुन सकेका छैनन् । मौसममा सुधार आएपछि नियमित तथा माउन्टेन फ्लाइट सञ्चालन गर्न सकिने विमानस्थलहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















