वीरगञ्ज–भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर घुर्मीका सागर कर्णको परिवारलाई वीरगञ्ज युवा समाजले आर्थिक सहयोग गरेको छ ।
समाजका अध्यक्ष सञ्जीव थापाले कर्णकी श्रीमती सरितालाई निवासमै पुगेर खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीसहित ५ हजार १ सय रुपैयाँ नगद हस्तान्तरण गर्नुभएको हो ।
सवारी चालक कर्ण मातापिताका एक्ला सन्तान हुनुहुन्थ्यो। उहाँ बेपत्ता भएपछि वृद्ध मातापिता तथा दुई साना सन्तानसमेत प्रभावित भएका छन् ।
यसैबीच, वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज–२७ कुहडीका २८ वर्षीय मुन्ना अन्सारीको परिवारलाई भेटेर आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















