काठमाडौं– रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको दुई तिहाइ सरकार बनेपछि निजामती कर्मचारीमा राजीनामा दिने क्रम बढेको छ ।
सरकारको नीति र प्रस्तावित संघीय निजामती सेवा विधेयकप्रति असन्तुष्टि जनाउँदै सचिवदेखि तल्लो तहसम्मका कर्मचारीले धमाधम राजीनामा दिएका छन् ।
मंगलबार सञ्चार मन्त्रालयका सचिव डा.कमलप्रसाद पोखरेल र प्रधानमन्त्री कार्यालयका सचिव बाबुराम अधिकारीको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको बताइएको छ ।
पोखरेल सरुवाप्रति असन्तुष्ट रहेको स्रोतको दाबी छ भने अधिकारी अवकाश नजिकिँदै गर्दा पद त्याग्नुभएको हो ।
सरकारले ५५ वर्ष उमेर वा ३० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्ताव अघि बढाएपछि निजामती सेवाभित्र असन्तुष्टि चुलिएको छ ।
किताबखानाको अभिलेखअनुसार हालसम्म एक दर्जन सहसचिव, तीन दर्जन उपसचिव तथा ठूलो संख्यामा अन्य कर्मचारीले राजीनामा दिएका छन् ।


विश्व खबर 
















