images
images
  • सत्ताको जग हल्लिएपछि प्रम बालेनले राजदूतसँग सामूहिक भेट्न छोडे, गर्न थाले बन्द कोठामा छलफल

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले चार महिनापछि आफ्नो पुरानो अडान परिवर्तन गर्दै भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत झाङ माओमिङसँग सोमबार छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् ।

    यसअघि उनले राजदूतहरूसँग सामूहिक भेटलाई प्राथमिकता दिएका थिए ।

    प्रधानमन्त्री कार्यालयका अनुसार दुवै भेटमा द्विपक्षीय सम्बन्ध, विकास साझेदारी, व्यापार, लगानी, पूर्वाधार, जलवायु र जनस्तरको सहकार्यका विषयमा छलफल भएको थियो ।

    प्रधानमन्त्रीले नेपालमा लगानीमैत्री वातावरण र सन्तुलित तथा व्यावहारिक वैदेशिक नीतिप्रति सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

    भारतीय राजदूतले प्रधानमन्त्री मोदीको शुभकामना र भारत भ्रमणको निमन्त्रणा स्मरण गराएका थिए भने चिनियाँ राजदूतसँगको भेटमा प्रधानमन्त्रीले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याएका थिए ।

    बिआरआईअन्तर्गत सहकार्य अघि बढाउने विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ ।

    पूर्वराजदूतहरूले प्रधानमन्त्रीको पछिल्लो कदमलाई सकारात्मक भने पनि उनले अघिल्लो अडान परिवर्तन गर्नुको कारण स्पष्ट पार्नुपर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images