images
images
  • वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ

    काठमाडौं– वीरगञ्ज महानगरपालिका–१० बाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्यका सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिकाका उपेन्द्र साह र सागरकुमार सर्राफ तथा पर्साको बिन्दवासिनी गाउँपालिका–१ का राहुलकुमार गुप्ता रहेका छन् ।

    प्रहरीले शंकास्पद गतिविधिका आधारमा उनीहरूको खानतलासी गर्दा स्रोत खुल्न नसकेको नगद रकम बरामद गरेको जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार बरामद रकम नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले रकमको स्रोत, प्रयोग र सम्भावित संलग्नताबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images