विराटनगर– सत्ता सहकार्यको तयारीमा रहेका एमाले र नेकपाबीच कोशी प्रदेशमा मन्त्रालय बाँडफाँटमा सहमति जुट्न सकेको छैन ।
नेकपाले ९ मध्ये ४ मन्त्रालय मागेको छ भने एमाले ६–३ को अनुपातमा ३ मन्त्रालय मात्र दिन सकिने अडानमा छ ।
नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले औपचारिक छलफल हुन बाँकी रहेको बताए भने एमाले इन्चार्ज शेरधन राईले तीन मन्त्रालयको प्रस्ताव सार्वजनिक गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























