images
images
  • कोशीमा एमाले–नेकपा सत्ता गठबन्धन तोड्ने समझदारीले मुख्यमन्त्री फेर्ने ओलीको योजना असफल

    कोशी– कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाउने एमाले अध्यक्ष केपी शर्मा ओलीको योजना अन्ततः रोकिएको छ ।

    कांग्रेससँग कार्कीले समझदारी गरिसकेको र पार्टीले जबर्जस्ती हटाए संसदमा विश्वासको मत लिन सक्ने संकेत पाएपछि ओली लचक बनेका हुन् ।

    सुरुमा तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी भए पनि कार्कीले राजीनामा दिन अस्वीकार गरेका थिए ।

    संसदीय दलको नेताबाट हटाउने प्रयाससमेत सफल नभएपछि ओलीले कार्कीलाई काठमाडौं बोलाएर गुण्डुमा लामो छलफल गरेका थिए ।

    छलफलपछि ओलीले कार्कीलाई काम गर्दै जानुस्, अब मिलाएर गर्नुस् भन्दै तत्काल पदमा कायम राख्ने निर्णय सुनाएका थिए ।

    कांग्रेसको समर्थन कायमै रहनु, नेकपाबाट नयाँ मुख्यमन्त्रीबारे स्पष्ट सहमति नआउनु र प्रदेशमा संवैधानिक जटिलता बढ्न सक्ने आकलनका कारण ओली पछि हटेको एमाले नेताहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images