images
images
  • प्रधानमन्त्री बालेन्द्र साहले आज भारतीय र चिनियाँ राजदूतसँग भेट गर्दै

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ ले आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् ।

    प्रधानमन्त्री साहले भारतीय राजदूत नवीन श्रीवास्तवलाई बिहान ११ बजे र चिनियाँ राजदूत चाङ माओमिङसँग अपराह्न ३ बजे भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

    यसअघि गत चैत १३ मा प्रधानमन्त्री नियुक्त भएपछि साहले राजदूत र कूटनीतिक नियोगमा प्रमुखसँग सामुहिक भेटवार्ता गरेका थिए । सामुहिक भेटको उक्त गतिविधिप्रति तीव्र आलोचना भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images