images
images
  • देशभर मनसुनी वायुको प्रभाव कायमै, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

    जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का देखि मद्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशभर साधरणतया बादल लाग्ने छ । देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही र मधेस साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागको थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका साथै कर्णाली प्रदेशको पहाडी भूभाग र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    आज राति देशभर साधरणतया बादल लाग्नेछ । देशको हिमाली भूभागका केही स्थानमा वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा मद्यमसम्म वर्षाको सम्भावना छ । मधेश र कर्णाली प्रदेशको पहाडी भूभाग तथा बागमती प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा मद्यमसम्म वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images