images
images
  • प्रचण्डबाट बिच्किएका बाबुरामकै हालतमा जनार्दन, ओत खोज्दै झरे मधेस, भित्रिए अमोमा

    काठमाडौं– जसपा नेपालसहित सात राजनीतिक दलले शनिबार काठमाडौंमा अग्रगामी मोर्चा (अमो) गठन गरेका छन् ।

    थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा आयोजित कार्यक्रममा जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल मोर्चामा आबद्ध भएका हुन् ।

    मोर्चामा जनार्दन शर्मा र सन्तोष परियार आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी पनि सहभागी छ ।

    तत्कालीन माओवादी अध्यक्ष प्रचण्डबाट बिच्किएका शर्माको हालत पनि बाबुरामके जस्तो भएको छ ।

    यसअघि माओवादी त्यागेका बाबुराम भट्टराई पनि मधेस हुँदै अहिले राजनीतिबाट निष्क्रिय जस्तै देखिएका छन् ।

    सहभागी दलहरूले साझा राजनीतिक मुद्दा र एजेन्डाका आधारमा सहकार्य गर्दै अघि बढ्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images