काठमाडौं– एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको १२ दिन बित्दा पनि अधिकांश प्रदेशमा नयाँ सरकार बन्न सकेको छैन ।
बागमती, गण्डकी र लुम्बिनीमा वाम गठबन्धनलाई बहुमत पुर्याउन साना दलको समर्थन आवश्यक परेको छ ।
बागमतीमा राप्रपा निर्णायक १०४ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५३ मत चाहिन्छ ।
एमाले र नेकपाको संयुक्त मत ५१ मात्रै भएकाले राप्रपा वा नेमकिपाको समर्थन अनिवार्य बनेको छ ।
नेमकिपाले सरकार बनाउने–भत्काउने खेलमा नलाग्ने बताइसकेको छ ।
गण्डकीमा एक मतको खोजी ५९ सदस्यीय प्रदेश सभामा बहुमत ३० हो ।
एमाले र नेकपाको मत सभामुखको कारण प्रभावकारी रूपमा २९ मात्रै भएकाले राप्रपा वा स्वतन्त्र सांसद फणीन्द्र देवकोटाको समर्थन आवश्यक छ ।
लुम्बिनीमा पनि साना दलको आवश्यकता ८३ सदस्यीय प्रदेश सभामा बहुमत ४२ हो ।
एमाले र नेकपाको संयुक्त मत ४१ प्रभावकारी हुने भएकाले जसपा नेपाल, राप्रपा, जनमत वा राजमोमध्ये कुनै एक दलको समर्थन चाहिएको छ ।
मधेसमा अझ जटिल अंकगणित एमाले र नेकपाको संयुक्त मत ३९ मात्रै छ ।
सरकार बनाउन जसपा नेपाल वा जनमत पार्टीजस्ता दलको साथ अनिवार्य देखिएको छ ।
सुदूरपश्चिममा वाम गठबन्धन सहज नेकपा २२ र एमाले ११ सिटसहित बहुमत सहज देखिए पनि सत्ता भागबन्डामा आन्तरिक समन्वय बाँकी छ ।
कर्णालीमा मुख्यमन्त्री बने, मन्त्रिमण्डल अझै बनेन मंगलकुमार शाही मुख्यमन्त्री नियुक्त भए पनि एक सातासम्म मन्त्रिमण्डल विस्तार हुन सकेको छैन ।
कोशीमा तत्काल संकट टर्यो एमालेभित्र नेतृत्व विवाद भए पनि हिक्मत कार्कीलाई निरन्तरता दिने निर्णय भएपछि वाम गठबन्धनको बहुमत सुरक्षित देखिएको छ ।























