images
images
  • राष्ट्रिय सभाको बैठकमा दुई मन्त्रीले जवाफ दिने, के–के छन् अन्य कार्यसूची ?

    काठमाडौं– आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालयका अनुसार आज अपराह्न १:१५ बजेदेखि बैठक सुरू हुँदैछ ।

    आजको बैठकमा गृहमन्त्री सुधन गुरुङ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ ।

    त्यस्तै सांसद कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    त्यसैगरी कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक,२०८३’ सभामा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images