images
images
  • हेलो सरकारमा एक वर्षमै ३२१% ले बढे गुनासा, एकीकृत प्रणाली विकास हुँदै

    काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘हेलो सरकार’लाई स्तरोन्नति गर्दै नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विकास गर्ने तयारी गरेको छ ।

    नयाँ प्रणालीमार्फत फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इमेललगायत विभिन्न माध्यमबाट आएका गुनासा एउटै पोर्टलबाट व्यवस्थापन गरिनेछ ।

    प्रस्तावित व्यवस्थाअनुसार गुनासोकर्ताले सम्बन्धित कार्यालयमा सिधै गुनासा दर्ता गर्न, प्रगति हेर्न तथा समाधानको जानकारी लिन सक्नेछन् । अत्यावश्यक गुनासा २४ घण्टाभित्र, अति जरुरी ३ दिनभित्र, जरुरी ७ दिनभित्र र सामान्य गुनासा १५ दिनभित्र सम्बोधन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

    हेलो सरकारका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ६९ हजार ७२४ गुनासा दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३२१ प्रतिशत बढी हो । पछिल्ला पाँच वर्षमा दर्ता भएका कुल गुनासामध्ये करिब ५६ प्रतिशत गुनासा गत आर्थिक वर्षमै प्राप्त भएका छन् ।

    763129215 1339626078343027 8658925024083642474 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images