images
images
  • कोशी सरकारमा एमालेभित्रै किचलो, ओली अप्ठ्यारोमा

    काठमाडौं– नेपाली कांग्रेससँगको सत्ता सहकार्य टुटेपछि एमाले र नेकपाबीच नयाँ समीकरण बने पनि कोशी प्रदेशमा सरकार परिवर्तन अझै अड्किएको छ ।

    सहमतिअनुसार एमालेले मुख्यमन्त्री पाउने भए पनि बहालवाला मुख्यमन्त्री हिक्मत कार्की पद नछाड्ने अडानमा छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओली कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहन्छन् ।

    तर कार्कीले अध्यक्षको मौखिक निर्देशन नमान्ने र पार्टीको संस्थागत निर्णय चाहिने बताएका छन् ।

    उनलाई महासचिव शंकर पोखरेलको समर्थन रहेको चर्चा छ ।

    संविधानको धारा १६८ (५) अन्तर्गत बनेको सरकार भएकाले कार्कीलाई हटाउन सहज छैन ।

    उनले कांग्रेसलगायत सांसदसँग पनि संवाद बढाएका छन् ।

    उता एमाले संस्थापन पक्षले अविश्वास प्रस्ताव ल्याउने विकल्पमा छलफल गरिरहेको छ ।

    यसरी कोशी प्रदेशको सत्ता संघर्षले एमालेभित्रको आन्तरिक विभाजन सतहमा ल्याएको छ भने ओलीका लागि सरकार परिवर्तन निल्नु न ओकल्नु जस्तै बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images