काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भाडाको ट्याक्सीमा छुटेको सुनको तिलहरीसहित बहुमूल्य सामान सम्बन्धित धनीलाई सुरक्षित रूपमा फिर्ता गरेको छ ।
प्रहरीका अनुसार साउन १७ गते एयरपोर्टबाट कीर्तिपुर जाने क्रममा प्र.०१–००२ ज ८५५४ नम्बरको ईभी भाडा ट्याक्सीमा छुटेको एक थान सुटकेस, दुई थान कपडाको झोला र एक थान सुनको तिलहरी हराएको सम्बन्धमा प्राप्त निवेदनका आधारमा आवश्यक खोजतलास गरिएको थियो ।
खोजीका क्रममा उक्त सामान सुरक्षित अवस्थामा फेला परेपछि साउन १८ गते काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनी डम्मर बहादुर नेपालीलाई हस्तान्तरण गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























