काठमाडौं– पछिल्लो २४ घण्टामा मोरङ जिल्लाको विराटनगर विमानस्थल क्षेत्रमा सबैभन्दा धेरै ११५.२ मिलिमिटर वर्षा मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको छ ।
हाल कोशी र कर्णाली प्रदेशका केही स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
मौसमविद्हरूले वर्षा भइरहेका तथा भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
यो पनि पढ्नुहोस्–
आज देशभर वर्षाको सम्भावना, कोशी–बागमतीसहित केही क्षेत्रमा भारी वर्षा हुने
प्रतिक्रिया दिनुहोस्























