images
images
  • कोशीबाट ओलीलाई हिक्मत कार्कीको चुनौती

    काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संवैधानिक र राजनीतिक रूपमा चुनौती दिएका छन् ।

    पार्टी नेतृत्वले राजीनामाको दबाब दिए पनि कार्कीले हटाउनुपर्छ भने पार्टीको औपचारिक निर्णय र प्रक्रियाबाट हटाउनुस् भन्ने अडान लिएका छन् ।

    कार्की धारा १६८ (५) अन्तर्गत गठन भएको सरकारको संवैधानिक आधारका कारण आफू कानुनी रूपमा बलियो अवस्थामा रहेको दाबी गरिरहेका छन् ।

    यस व्यवस्थाअनुसार मुख्यमन्त्री दलको निर्देशनभन्दा प्रदेश सभा सदस्यहरूको समर्थनका आधारमा नियुक्त हुने भएकाले पार्टीले मात्र तत्काल हटाउन नसक्ने व्याख्या गरिएको छ ।

    एमालेभित्र ओली पक्ष र संस्थागत निर्णय प्रक्रियाको पक्षमा रहेका नेताहरूबीच शक्ति संघर्ष देखिएको छ ।

    कार्की पछिल्लो समय महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल निकट देखिएका छन् ।

    कोशीको यो विवाद अब मुख्यमन्त्री परिवर्तनमा मात्र सीमित नरही एमालेभित्रको आगामी नेतृत्व, शक्ति सन्तुलन र आन्तरिक समीकरणसँग जोडिएको रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images