images
images
  • प्रदेश सत्ताको चाबीले ओली र विष्णु–शंकर गुट विभाजन, मुख्यमन्त्रीको रस्साकस्सीले एमाले फुटउन्मुख

    काठमाडौं– नेपाली कांग्रेससँगको गठबन्धन टुटेपछि एमालेले नेकपासँग सहकार्य गर्दै कम्तीमा तीन प्रदेशमा सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेको छ ।

    तर, मुख्यमन्त्री चयनलाई लिएर पार्टीभित्रै तीव्र असन्तुष्टि देखिएको छ ।

    अध्यक्ष केपी शर्मा ओली केही प्रदेशमा नेतृत्व परिवर्तन गर्न चाहिरहेका छन् भने महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल कोशी र लुम्बिनीमा हालका मुख्यमन्त्रीलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् ।

    बागमतीमा जगन्नाथ थपलिया र किरण थापा मगरबीच प्रतिस्पर्धा देखिएको छ ।

    एमालेका अधिकांश प्रदेश सांसद थापाको पक्षमा उभिएको दाबी गरिएको छ भने सरकार गठनका लागि राप्रपाको समर्थन निर्णायक मानिएको छ ।

    कोसीमा हिक्मत कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई अघि सार्ने चर्चा छ ।

    तर, कार्कीलाई हटाउन संसदीय दलभित्र दुईतिहाइ समर्थन आवश्यक पर्ने भएकाले प्रक्रिया जटिल बनेको छ ।

    लुम्बिनीमा चेतनारायण आचार्यलाई हटाउने चर्चा चले पनि अहिले तत्काल परिवर्तन नहुने संकेत देखिएको छ ।

    एमाले प्रवक्ता लेखराज भट्टले अन्तिम निर्णय पार्टी सचिवालयबाट हुने बताए भने ओलीको सचिवालयले सबै विषय अझै छलफलकै चरणमा रहेको जनाएको छ ।

    यद्यपि यसरी विवाद बढ्दै गए एमाले फुट्न सक्ने राजनीतिक वृत्तमा चर्चा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images