images
images
  • सांसदहरूद्वारा धमाधम स्वकीय भर्ती, राज्यकोषमा अरबौँ घाटा

    काठमाडौं– संघीय संसदका सांसदहरूले स्वकीय सचिव नियुक्त गर्न थालेका छन् ।

    नियुक्त स्वकीय सचिवहरूको विवरण संसद् सचिवालयमा पुग्न थालेको सचिवालयले जनाएको छ ।

    यसपटक स्वकीय सचिव बन्न स्नातक तह उत्तीर्ण गरेको योग्यता अनिवार्य गरिएको छ ।

    राजपत्रमा प्रकाशित सूचनाअनुसार स्वकीय सचिवको योग्यता राजपत्रित तृतीय श्रेणी (शाखा अधिकृत) सरह हुनुपर्ने व्यवस्था गरिएको हो ।

    सांसदहरूले नियुक्ति गरेपछि स्वकीय सचिवको नाम, ठेगाना, नागरिकता, शैक्षिक योग्यता, बैंक खाता लगायतका विवरणसहितको फारम संसद् सचिवालयमा बुझाउनुपर्नेछ ।

    सचिवालयले त्यसको अभिलेख राख्ने र परिचयपत्र तथा पारिश्रमिकको व्यवस्था गर्नेछ ।

    जसका कारण राज्यकोषमा अरबौँ घाटा लाग्ने पक्का छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images