images
images
  • हिक्मतलाई हटाउन ओलीले शेरधनमार्फत जुटाए हिम्मत

    काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउने तयारीमा सक्रिय भएका छन् ।

    यसअघि कार्कीलाई निरन्तरता दिने सहमति भएको भनिए पनि ओली त्यसबाट पछि हटेको स्रोतको दाबी छ ।

    ओलीले पार्टी सचिव तथा कोशी इन्चार्ज शेरधन राईलाई विराटनगर पठाएर कार्कीसँग राजीनामाबारे छलफल गराएका छन् ।

    राईले अध्यक्षको सन्देश सुनाउँदै राजीनामा दिन आग्रह गरे पनि कार्की तयार नभएको बताइएको छ ।

    धारा १६८ (५) अनुसार आफू मुख्यमन्त्री बनेको उल्लेख गर्दै कार्कीले राजीनामाले संवैधानिक संकट आउन सक्ने तर्क गरेका छन् ।

    उनले पार्टी सचिवालयको निर्णय पर्खनुपर्ने अडान राखेका छन् ।

    स्रोतका अनुसार ओलीले कार्कीलाई हटाउन सांसदहरूको बहुमत जुटाउने प्रयाससमेत थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images