images
images
  • कुलमानको दाबी– प्रदेश निर्वाचनपछि बागमतीमा उनेपाको सरकार बन्छ

    काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी स्थानीय र प्रदेश सभा निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा बागमती प्रदेश सरकार बन्ने दाबी गरेका छन् ।

    काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले वर्तमान सरकार पाँच वर्ष नटिक्ने र स्थानीय तथा प्रदेश चुनावलगत्तै संघीय निर्वाचनको तयारी गर्नुपर्ने बताए ।

    घिसिङले उज्यालो नेपाल अब देशको सशक्त राजनीतिक विकल्प बन्ने जिकिर गर्दै संगठन विस्तार र सदस्यता अभियानमा केन्द्रित हुन नेता–कार्यकर्तालाई निर्देशन दिए ।

    उनले अन्य दलका नेता–कार्यकर्तालाई पनि उज्यालो नेपालमा जोडिन आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images