काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय भेलाका लागि ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा डा.शशांक कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिइयो ।
प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको व्यवस्थापनका लागि १६ वटा विभिन्न उपसमिति पनि बनाइएको छ ।
आयोजक समितिले राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















