images
images
  • ओलीको बाइपासमा थपलियालाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय

    हेटौँडा– नेकपा (एमाले)ले बागमती प्रदेशको मुख्यमन्त्रीमा जगन्नाथ थपलियालाई अघि सार्ने निर्णय गरेको छ ।

    किरण थापा र केशव पोखरेलले पनि दाबी गरेपछि विवाद बढेको थियो ।

    शनिबार बिहान अध्यक्ष केपी शर्मा ओली, सचिव महेश बस्नेत, प्रदेश अध्यक्ष कैलाश ढुंगेललगायत नेताको उपस्थितिमा भएको बैठकले थपलियालाई नै मुख्यमन्त्री बनाउने सहमति गरेको एमाले बागमती प्रदेशका उपाध्यक्ष दावा दोर्जे तामाङले बताए ।

    चितवन–१ (क) बाट निर्वाचित थपलिया एमाले प्रदेश संसदीय दलका नेता हुन् ।

    अब उनले बहुमत प्रदेश सांसदको समर्थनसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदमा दाबी पेस गर्ने तयारी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images